काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन्। यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन्।
उनले पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको भन्दै यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको बताए।
उनले भने,‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने संकट आइसकेको छ।’
सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा उनले जोड दिए। सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिने भनाइ उनले राखे।
प्रतिक्रिया