स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति

स्वर्णिम वाग्ले बने रास्वपाको उपसभापति


काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति नियुक्त गरेको छ। महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले वाग्लेलाई उपसभापति नियुक्त गरेको हो।

रवि लामिछाने सभापति रहेको रास्वपामा डीपी अर्याल उपसभापति रहेका थिए। विधानअनुसार थप एक जना उपसभापति चयन गरिएको हो। त्यस्तै सहमहामन्त्रीमा कबिन्द्र बर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई नियुक्त गरिएको छ। पार्टीको महामन्त्रीमा भने यसअघि नै डा. मुकुल ढकाल रहेका छन्।

त्यस्तै संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई नियुक्त गरिएको छ भने संसदील दलको नेतामा सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार रहेका छन्।

त्यस्तै कोषाध्यक्षमा लिमा अधिकारी, सहकोषाध्यक्षमा बसु माया तामाङ, दीपक बोहोरालाई नियुक्त गरिएको छ। त्यस्तै सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ भने त्यसबाहेक अनिल केशरी शाह, राजन गौतम (चितवन) डा.नन्दन यादव (महोत्तरी), पुकार बम र कामिनी चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।