काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक राजधानी बाहिर महोत्तरीमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक गर्दैछ।आजबाट महोत्तरीको जलेश्वरमा सुरु हुने केन्द्रीय समिति र संसदीय समितिको बैठकले पार्टीको विभिन्न विभागका प्रतिवेदनहरुमाथि छलफल गर्ने छ।
राजनीतिक, आर्थिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र संगठन विभागका प्रतिवेदन छलफलका एजेण्डा रहेको महासचिव मुकुल ढकालले जानकारी दिएका छन्।
१३ गतेसम्म चल्ने बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ। बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने ढकालले बताए।
प्रतिक्रिया