एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय


काठमाडौं, ९ फागुन । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा संसदमा प्रस्ताव दर्ता भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
एमसीसी संसदमा दर्ता भएसँगै फागुन १२ को बैठकमा यस सम्बन्धनमा छलफल अगाडि बढ्ने जनाइए पनि नेकपा (एस) को सोमबारको सचिवालयको बैठकले यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । ‘एमसीसी प्रस्तावको विपक्षमा उभिनेछौं । यसमा पार्टीको पोजिसन स्पष्ट छ । हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र यसका लागि वातावरण पनि बनाउछौं ।’, खतिवडाले भन्नुभयो ।
यसबाहेक एमसीसीका कारण पार्टीमा आएका विभिन्न र्चाबारे उहाँले यसले पार्टी हितकोएकतालाई तोड्न नसक्ने बताउनुभयो । हिजो राष्ट्रिय आवश्यकताको आधारमा सरकार गठन भएको तर, सरकारभन्दा देश ठूलो भएका कारण पार्टीले यो निर्णय गरेको उहाँको भनाई छ । ‘सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्छ । एमसीसीको पक्षमा पार्टी लाग्दैन ।’, खतिवडा बताउनुहुन्छ । यस लगायत गठबन्धन र अन्य सबै विषयमा आज निष्कर्श ननिस्केका कारण नेकपा (एस) को सचिवालय बैठक भने जारी रहने जानकारी पनि उहाँले दिनुभयो ।