एएनएमडीएको साधारण सभा सम्पन्न, डा. महेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

एएनएमडीएको साधारण सभा सम्पन्न, डा. महेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाली नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन (एएनएमडीए) को साधारण सभा सम्पन्न भएको छ। शनिबार तास्मानियाको लन्चेष्टनमा सम्पन्न भएको साधारण सभाले डा. महेश ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

नवनिर्वाचित अध्यक्ष डा. महेश ढकाल

डा. ढकाल नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा डा. सुजाता थपलिया, डा. मिलन पियाँ, कोषाध्यक्षमा डा. मिरन्डा शाक्य, महासचिवमा डा. सन्देश पन्त, सहसचिवमा डा.अमृत पोखरेल निर्वाचित भएका छन्। साधारण सभाले पूर्वअध्यक्षलाई नयाँ कार्यसमितिको सदस्यका रूपमा स्थान दिने समेत निर्णय गरेको छ। 

अधिवेशनले अष्ट्रेलियन क्यापिटल टेरेटोरी डा.पवन प्याकुरेल, नर्दन टेरेटोरी डा. रितेश भण्डारी, क्वीन्सल्याण्डबाट डा. अतुल धिताल, साउथ अष्ट्रेलिया डा. अर्जुन बुर्लाकोटी, तास्मानिया डा. निरज उप्रेति, भिक्टोरिाय डा. विकास अवाल, वेष्टर्न अष्ट्रेलिया डा. नवीन दंगाल र न्यूजिल्याण्ड डा. निरन्जन शर्मालाई राज्य संयोजक तोकेको छ। 

न्यूसाउथवेल्स राज्य संयोजक तथा कार्यसमिति सदस्य भने चयन हुन बाँकी रहेको छ। साधारण सभामा कूल ५४ सदस्यमध्ये ३६ जनाको उपस्थिति रहेको थियो। जसमध्ये २२ जना भौतिक उपस्थित भएका थिए भने १४ जना जुम मार्फत जोडिएका थिए। 

साधारण् सभामा संस्थाका निवर्तमान अध्यक्ष डा. अनुपम पोखरेलले आफ्नो कार्यकालमा भएका कामको विवरण पेश गरेका थिए भने कोषाध्यक्ष डा.सिर्जना शर्माले  आयव्यय प्रस्तुत गरेकी थिइन्। 

एएनएमडीएले चिकित्सा क्षेत्रबाट विभिन्न सामाजिक परोपकारी गतिविधि गर्दै आएको छ।