एमसीसीबारे एकीकृत समाजवादीको दोधारे नीतिः संसदमा टेबल गर्न दिने तर पारित गर्न नदिने

एमसीसीबारे एकीकृत समाजवादीको दोधारे नीतिः संसदमा टेबल गर्न दिने तर पारित गर्न नदिने


काठमाडौं, ७ फागुन । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी सम्झौताका विषयमा दोधारे नीति अबलम्बन गर्ने भएको छ । एकीकृत समाजवादीले एमसीसी संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने निर्णय गरेको हो।
आज बसेको स्थायी कमिटी बैठकले संशोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो । तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस)ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा( एस) ले संसद्मा टेबुल गर्न नदिने अडान लिएका थिए ।