मेलबर्न अष्ट्रेलिया ।
मेलबर्नमा १२ वर्षीया बालिकालाई महिलाको हत्या आरोपमा पक्राउ परेकी छन्। उनीमाथि ३७ वर्षीया महिलालाई छुरा प्राहार गरी हत्या गरिएको आरोप लागेको हो।
पीडित र अभियुक्त एकअर्काबीच चिनजान रहेको प्रहरीले बताएको छ। बिहीबार बिहान मेलबर्नको फुटस्क्रेको भित्री शहरको उपनगरमा एक ३७ वर्षीया महिला बिहान २ बजे भन्दा पहिले मृत अवस्थामा फेला परेकी भिक्टोरिया प्रहरीले बताएको छ।
एक १२ वर्षीया बालिकाले बार्कली गल्ली (स्ट्रीट)मा महिलालाई छुरा प्रहार गरी हत्या गरेको आशंका गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन।
भिक्टोरिया प्रहरीले अझै उनीहरूको पहिचान खुलाएको छैन। आक्रमणको कारण हालसम्म पत्ता लागेको छैन तर प्रहरीले १२ वर्षीया बालिकालाई हत्याको एउटा आरोप लगाइएको पुष्टि गरेको छ।

प्रतिक्रिया