उपाध्यक्ष संजय पुरीको नेतृत्वमा एनआरएन अष्ट्रेलियाद्वारा भूकम्प पीडितलाई राहत वितरण

उपाध्यक्ष संजय पुरीको नेतृत्वमा एनआरएन अष्ट्रेलियाद्वारा भूकम्प पीडितलाई राहत वितरण


काठमाडौँ ।

जाजरकोट र रुकुम पश्चिममा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले राहत वितरण गरेको छ। एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी नेतृत्वको टोलीले शनिवार भूकम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरेको हो। 

एनआरएनए अष्ट्रेलियाले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ गोलचौरका भूकम्प प्रभावित १०३ घरधुरीलाई १०० थान किरपाल, १२८ थान डबल साइजको ब्ल्याङकेट, पिफर्म ४०० मिटर, १०० थान धोती, १०० थान पछेउरा, १० बोरा चामल र १५ काटुन चाउचाउ लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो। 

राहत वितरण कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी सानीभेरी गाउँपालिका वडा नं ४ का अध्यक्ष मनोज वली र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष पुरीले अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीको गाँस काटेर संकलन भएको सहयोग प्रत्यक्ष भूकम्पपीडितलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए। उनले यस विपतको घडीमा पीडितको घाउमा थोरै भए पनि मलम लगाउने एनआरएनए अष्ट्रेलियाको प्रयास सफल भएको बताए। दैविक विपत्ति जति बेला पनि आउन सक्छ यती बेला तपाईँहरूलाई परेको विपतीमा यो सानो सहयोगले मलम लगाउने प्रयास गरेका छौँ उनले भने। 

उनले एनआरएनए अष्ट्रेलियाले प्रभावितका लागि थप रकम संकलन गरिरहेको जानकारी दिए। उक्त संकलित रकम भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा खर्च गरिने उनको भनाइ छ। 

साथै सोही अवसरमा सरोज बमको नेतृत्वमा रेजिज यजकियर एडिलेडमा काम गर्ने नेपालीहरूले जम्मा जम्मा गरेर पठाएको ४७ हजार ९०२ रुपैयाँको राहत सामाग्री पनि भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको थियो। 

जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर १७ कात्तिकमा गएको भूकम्पमा परी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।