मेलबर्न अष्ट्रेलिया ।
मेलवर्नको ५४० एलिजाबेथ स्ट्रिटमा रहेको ब्लू लोटस कलेजले शाखा बिस्तार गरेको छ। शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच मेलबर्नको १५८ स्वान्सटन स्ट्रीटमा ब्लू लोटसको नयाँ शाखाको उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा शैक्षिक परामर्शदाताहरू, कलेजका स्टाफ र नेपाली समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। ब्लु लोटस कलेजका निर्देशक राजेश आचार्यले उपस्थित सबैलाई धन्यवाद दिएका थिए। उनले कलेजलाई यहाँसम्म ल्याईपुर्याउने सबैलाई बधाईसहित शुभकामना दिएका थिए। उनले कलेजसँग आबद्ध प्रशिक्षक, विद्यार्थी, शैक्षिक परामर्शदाता, समर्थक लगायतको सामूहिक प्रयासको कारण कलेजको शाखा विस्तार गर्न सम्भव भएको भन्दै सबैप्रति आभार प्रकट गरेका थिए।
निर्देशक आचार्यले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै आगामी दिनहरूमा पनि थप नयाँ कोर्सहरू थप्ने योजना रहेको बताए। उनले कलेजलाई विश्वास गरेर आउने विद्यार्थीको विश्वास टुट्न नदिने प्रतिबद्धता जनाए। उनले अन्तर्राष्ट्रिय विद्यार्थीको अत्यधिक आवेदन आएकाले कलेजको शाखा विस्तार गर्नु परेको केबीसी खबरलाई जानकारी दिए। कलेजको शाखा विस्तारले ब्लु लोटस कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढ्ने उनको भनाइ छ। उनले ब्लू लोटस कलेजले संचालन गरेको हस्पिटालिटी कोर्समा विद्यार्थीको एकदमै चाप रहेको बताए। हाल आएर हेल्थ कियर कोर्सहरुमा पनि उत्तिकै माग बढी रहेको निर्देशक आचार्यको भनाइ छ।
व्यवस्थापकीय सक्षमता, अनुभवी प्रशिक्षक, विभिन्न सुविधा, सेन्ट्रल लोकेसन र विद्यार्थी केन्द्रित दृष्टिकोणले गर्दा कलेजप्रति विद्यार्थीको आकर्षण बढेको उनले बताए।
विद्यार्थीले ब्लू लोटस कलेज किन छान्ने भन्ने केबीसीको प्रश्नमा निर्देशक आचार्यले भने, ‘पहिलो कुरा त हाम्रो कलेजको व्यवस्थापन एकदमै राम्रो छ। अनुभवी व्यक्तिहरूको व्यवस्थापकीय टिम बनाएका छौँ। भोकेस्नल कोर्सको उद्देश्य भनेको विद्यार्थीलाई जब रेडी बनाउने हो। हाम्रो कोर्स पढिसकेपछि विद्यार्थीलाई व्यवहारमा लागु गरेर काम गर्न सक्ने बनाउँछौँ। पढी सकेका विद्यार्थीमा हामीले गरेको सर्वेमा ९५ प्रतिशत विद्यार्थी खसी भएको पाएका छौँ। हाम्रो कलेजमा पढेका विद्यार्थीले सम्बन्धित कोर्स अनुसारको जब पाएका छन्। ट्रेनिङ र एसीस्मेन्टको र व्यवस्थापनको अन्य प्रक्रियालाई लगातार सुधार गर्दै लगी राखेका छौँ। विषय विज्ञ र कम्तीमा सम्बन्धित क्षेत्रमा दुई वर्षको अनुभव प्राप्त गरेका प्रशिक्षकहरुले मात्र अध्यापन गराउँछन्। कलेज इस्टुडेन्ट सर्भिस डिपार्टमेन्टले विद्यार्थीहरूलाई सुरुदेखि नै कोर्स टाइममा सक्नेदेखि अन्य विषयमा पनि परामर्श दिने गर्दछ। साथै कोर्स सकेका विद्यार्थीका लागि ब्लू लोटस कलेजले साउथर्न क्रोस युनिभर्सिटी र टोरनस युनिर्भसिटी अष्ट्रेलियामा अध्ययनका लागि पाथवे यररेन्जमेन्ट गरेको छ। जसका कारण विद्यार्थीले यी दुई विश्वविद्यालयमा पढ्न सहज हुने छ। माथिका यी कारणले गर्दा ब्लू लोटस कलेज अन्तर्राष्ट्रिय विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।’
अन्तर्राष्ट्रिय विद्यार्थीलाई भोकेस्नल एजुकेसन प्रदान गर्ने उद्देश्यका साथ ब्लू लोटस कलेज सन २०१९ मा स्थापना भएको हो। उक्त कलेजले हस्पिटालिटी, लिडरशिप, बिजनेस, आइटी, एकाउन्टिङ, इलिकोस, हेल्थकेयर र कम्युनिटी सर्भिसहरु लगायतका कोर्सहरू पढाउँदै आएको छ। कलेजमा नेपाल, भारत, फिलिपिन्स, भियतनाम, जापान, कोरिया लगायत विश्वका २१ देशका ७ सय बढी विद्यार्थी अध्ययन गरिरहेका छन्।
प्रतिक्रिया