काठमाडौं, ५ फागुन । विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । नेपाली प्रहरीमा जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको ठहर गर्दै विशेष अदालतका न्यायाधीश अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आज खड्कालाई दोषी ठहर गरेको हो ।
खड्कालाई पाँच हजार रुपैयाँ जरिबाना हुने र खाइपाइ आएको सरकारी सेवा सुविधा पनि रोकिने निर्णय भएको छ । खड्काको मुद्दामा कैद सजायको व्यवस्था भने रहेको छैन ।
हरि खड्काले प्रहरी सहायक निरीक्षकको जागिर खाँदा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया