एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने

एमालेले मंसिर १४ देखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने


काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ।

पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ।

अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन्। बैठकले जाजरकोट भूकम्पको क्षतिप्रति दुस्ख व्यक्ति गर्दै राहत, पुनर्स्थापनाको पारदर्शीता र प्रभावकारिताका लागि सरकारको ध्यानाकर्षण गराएको छ।