काठमाडौं ।
गएराती जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाईते भएकाहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला अस्पताल जाजरकोट पुगेर स्वास्थ्य अवस्था बुझेका छन्।
दाहालले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बिहानैबाट स्थलगत निरिक्षण गरिरहेका छन्।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।
प्रतिक्रिया