काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको छ। केसीसँग प्रतिस्पर्धा गरेका आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन्।
महासचिवका उम्मेदवार डा. केशव पौडेललाई काठमाडौँबाट झरेको मत शून्य देखाएपछि उनीहरूले शंका गरेका हुन्। उक्त मत परिणाम हेर्दा काठमाडौँबाट पौडेल आफैले आफैलाई मत नदिएको परिणाम देखाएको थियो। ताकि काठमाडौँबाट मात्रै ८ सय बढी मत खसेको थियो।
उनीहरूले चुनावी प्रक्रिया फिर्ता लिनुपर्ने भन्दै नाराबाजी गरेका छन्। अनलाइन मतदानमा प्रणालीगत रूपमै केसीलाई जिताउने गरी धाँधली गरेको आरोप लगाइरहेका छन्। केसीका प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पक्षका समर्थकहरूले केसीविरुद्ध नाराजुलुसमेत लगाएका छन्। उनीहरूले केसी निर्वाचित भएको चुनाव अस्वीकार गर्ने पनि बताएका छन् ।
समितिको मतपरिणाम सार्वजनिक गरेपछि मतदातालाई प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द हुनुपर्ने र यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्। श्रेष्ठको भनाइमा केसी नेतृत्वको निर्वाचित नयाँ कार्यसमिति भंग गनुपर्नेछ। त्यसो त, अर्का प्रत्यासी शर्मा पनि चर्को विरोधमा छन्।
उनी पनि चुनावमा धाँधली भएको भन्दै अहिले एनआरएन शून्यमा पुगेको र अब परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेर निकास निकाल्नुपर्ने बताउँछन्। अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको शर्माले दाबी गरेका छन्।
प्रतिक्रिया