काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद चर्किएको छ। एनआरएनएको बिहीबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा डा बद्री केसी निर्वाचित भएसँगै विवाद चर्किएको हो।
केसीसँग प्रतिस्पर्धा गरेका अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाउँदै निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम बहिष्कार गरेका हुन्।
काठमाडौँमा भएको मतदानमा उपाध्यक्षका उम्मेदावार डा. केसव पौडेलको सुन्य मत आएसंगै विवाद सुरु भएको छ। जितेका उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् भने समर्थकहरुले चर्को नाराबाजी गरेका छन्।
उनीहरुले निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया