एनआरएनए निर्वाचनः महासचिवमा गौरी जोशी निर्वाचित, महिला उपाध्यक्षमा रोजिना प्रधान

एनआरएनए निर्वाचनः महासचिवमा गौरी जोशी निर्वाचित, महिला उपाध्यक्षमा रोजिना प्रधान


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन काठमाडौँमा चलिरहेको छ। महाधिवेशनले अध्यक्ष पदमा डा. बद्री केसीलाई विजयी गरेको छ। विहिवार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

निर्वाचनकाे मत परिणाम अनुसार ६ उपाध्यक्षमा डा. हेम राज शर्मा २२६५, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा विनोद श्रेष्ठ १५६० मत ल्याएर निर्वाचित भएका छन्।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन्। उनले यसमिन वेगम सैयदलाई पराजित गरेकी हुन्। यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी भएका छन्।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरि उपविजेता भए। यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० मतका साथ विजयी भएका छन्।

यस्तै ६ सचिव पदमा भिम केसी कमल १६७३, डा ज्ञानेन्द्र रेग्मी १७८२, मनोज कुमार श्रेष्ठ २०२४, डा नवराज रोस्यारा १८५३, पारमणी पोखरेल १६५१ र स्वतन्त्र प्रताप शाह १६६६ मतका साथ विजयी भएका छन्।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका २३२०विजयी भइन्। उननले निकटम प्रतिस्पर्धी विमला सापकोटालाई पराजित गरेकी हुन्। संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी ठाकुर प्रसाद ढुंगानाले १९१२ मत प्राप्त गरेका छन्।

यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलक प्रसाद गैरे २२३२ मत प्राप्त गरेर विजयी हासिल गरे। यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले २२८७ मत प्राप्त गरेर विजयी भइन्।

यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरेर विजयी भइन्। यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी भए।