काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी विजयी भएका छन्। बिहीबार भएको निर्वाचिनमा केसीले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार केसीले एक हजार ३७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धि आरके शर्माले एक हजार २८१ मत पाएका थिए। यस्तै अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठले एक हजार २२५ मत पारएको निर्वाचन समितिले जानकारी दिएको छ।
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए। अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाईसमर्थन गरेकी थिइन्। ५९ देशका ४ हजार २ सयजनाले मतदान गरेका थिए।
प्रतिक्रिया