काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित गर्न माग

काठमाडौंमा जारी एनआरएनएको ११औं महाधिवेशन स्थगित गर्न माग


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्य दिपेश खत्रीले एनआरएनएको जारी महाधिवेशन र निर्वाचन प्रक्रिया रोक्न माग गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले कुन एनआरएनए वैधानिक हो भन्ने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिलेको निर्वाचन रोकिनुपर्ने बताएका हुन्।

उनले भने, ‘परराष्ट्र मन्त्रालयले यो चुनाव रोकिदेओस्। किनकी यहाँ बीचमा धेरै चिज गलत भएको रहेछ। दुईवटा एनआरएन हुनहुँदैन भनेर प्रधानमन्त्रीले चार महिनाअघि नै भन्नुभएको रहेछ। त्यो भएन।’

परराष्ट्र मन्त्रालयले पनि यस विषयलाई गम्भीरताको साथ लिएर निर्वाचन रोक्नुपर्ने उनको भनाई छ। एनआरएनएको अहिलेको महाधिवेशनमा उम्मेदवार बनेकाहरुले हामी मिलिसक्यौं, विवाद छैन भनेर प्रधानमन्त्रीलाई समेत ढाँटेको उनको आरोप छ।