प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल भर्ना


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो। प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए। यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ।