काठमाडौँ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जनालाई सम्मान गरेको छ। संघले सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सामाजिक क्षेत्रमा डा. भगवान कोइराला, म्युजिक तथा पफर्मिङ आर्ट्स विधामा नेपथ्यका अमृत गुरुङ, खेलकुद विधामा रुविना श्रेत्री, र शिक्षा तर्फमा डा.महावीर पुनलाई सम्मान गरेको हो।
यस्तै सोही कार्यक्रममा संघले चार वटा स्कुलहरूलाई एक लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ। लमजुङको सरस्वती आधारभूत विद्यालय, सुर्खेतको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, रौतहटको श्री बिशारा आधारभूत विद्यालय, र दोलखाको फुलपा आधारभूत विद्यालयमा सहयोग गरेको एनआरएनएका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, सह-कोषाध्यक्षमा रोजी पन्त, युवा संयोजकमा सुमन बोहोरालगायतका पदाधिकारीको उपस्थिति रहेको थियो।
प्रतिक्रिया