मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि आयोजना गरिएको मेलबर्न सप्ताह–२ आजबाट बिधिवत रुपमा सुरु भएको छ। नवाह ज्ञान महायज्ञको आज कलश यात्रा गरेर सुरुवात गरिएको हो।
कलस यात्रामा मेलबर्न निवासी नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्र (एएनएमसी) को आफ्नै भूमीमा हुने सप्ताहका लागि नेपालबाट मेलबर्न आइसकेका छन्। ९ दिनसम्म चल्ने नवाह ज्ञान महायज्ञमा पण्डित् दिनबन्धु पोख्रेल कथा वाचन गर्ने छन्।
हरेकदिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तसती चण्डी पाठ र शुभकार्यका कामहरु बिहानैबाट हुने छ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि राति ८ः३० बजेसम्म, शनिबार र आईतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने संयोजक अनन्त पौडेलले जानकारी दिए।
यस्तै आज एएनएमसीमा देवीको थपना भएको ठाउँमा विधिपूर्वक जमरा राखिएको छ। वडादसैँको पहिलो दिन नेपाली सामुदायिक केन्द्रमा जमरा राखेर घटस्थापना गरिएको संयोजक पौडेलले जानकारी दिए। देश विदेशमा रहेका हिन्दूधर्मालम्बीहरुले आज जमरा राखेर बडा दशैँको सुरुवात गरेका छन्।
प्रतिक्रिया