कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ


विराटनगर ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्तिका लागि शनिबार सनाखतका लागि तोकेको समयमा कार्कीको पक्षमा बहुमत संख्या ४७ सांसदले हस्ताक्षर गरेका थिए।

मुख्यमन्त्री केदार कार्कीले उनलाई साथ दिएका नेकपा एमालेको तर्फबाट राम राना र काङ्ग्रेसको विद्रोही समूहका शम्शेर राईलाई मन्त्री नियुक्त गरेका छन्। दुवै जना बिनाविभागीय मन्त्री तोकिएका हुन्। उनीहरूलाई पनि प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराएका छन्। मन्त्री बनेका राना र राई दुवै इलामका हुन्।