काठमाडौँ ।
कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन्। शनिबार थापाले आफ्नो पदबाट राजीनामा दिएका हुन्। दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन्।
उनले राजीनामा दिँदै भनेका छन्, ‘राजनीतिक घटनाक्रममा एउटा कारक आफू पनि भएको भन्ने सोच बनाएर राजीनामा दिएको हुँ। मुख्यमन्त्री बन्नु र आफ्नो राजीनामा दिनु संयोगमात्र हो। मुख्यमन्त्री केदार कार्की हुने र आफूहरु प्रतिपक्ष हुने कुरा आउाँदैन। उहाँ गठबन्धनकै मुख्यमन्त्री हो। उँहाँ २०८४ सम्म कायम रहनुहुन्छ।’
कोशी प्रदेशको मुख्यमन्त्रीमा शनिबार कांग्रेस नेता शेखर कोइराला समूहका केदार कार्की एमालेको सहयोगमा नियुक्त भएका थिए। तर, सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाएको थियो। तर, कार्की कांग्रेसका कोइराला समूहका ८ जना र एमालेका ३९ सांसदहरूको सहयोगमा मुख्यमन्त्री बनेका थिए।
प्रतिक्रिया