नेपाली चेली ललिशा थापा अष्ट्रेलियामा महत्त्वपूर्ण अवार्डबाट सम्मानित

नेपाली चेली ललिशा थापा अष्ट्रेलियामा महत्त्वपूर्ण अवार्डबाट सम्मानित


मेलबर्न, अष्ट्रेलिया । महिला अधिकारकर्मी ललिशा थापा ‘भिक्टोरियन अनर रोल अफ विमेन लोकल च्याम्पियन’ अवार्डबाट सम्मानित भएकी छन्। नेपाली संघ भिक्टोरियाकी उपाध्यक्ष समेत रहेकी थापालाई बुधवार भिक्टोरिया सरकारले लोकल च्याम्पियनको उपाधिबाट सम्मान गरेको हो। 

आर्ट्स सेन्टर मेलबर्नमा आयोजित एक समारोहमा भिक्टोरिया राज्य सरकारकी महिला, सन्धि, रोजगार तथा उद्योग मन्त्री नेटेली हचिन्सले औपचारिक रूपमा थापालाई भिक्टोरियन अनर रोल २०२३ बाट सम्मान गरिन्। उक्त कार्यक्रममा भिक्टोरियामा २२ जना महिलाहरूलाई भिक्टोरियन अनर रोल अफ वीमेनले सम्मान गरिएको थियो। 

थापाले २०२३ को लोकल च्याम्पियनको उपाधिसहित सम्मान प्राप्त गरेकी छन्। थापा १०९ महिला नेतृहरूमध्येबाट उत्कृष्ट २२ मा पर्न सफल भएकी थिइन्। थापा अष्ट्रेलियामा भिक्टोरियन अनर रोल अफ विमेन २०२३ अवार्ड प्राप्त गर्ने पहिलो नेपाली मूलकी महिलासमेत बनेकी छन्। 

‘भिक्टोरियन अनर रोल अफ विमेन लोकल च्याम्पियन अवार्ड अष्ट्रेलियामा रहेका सबै नेपाली महिलाहरूलाई मात्र नभएर नेपाली समुदायको निम्ति पनि गर्वको कुरा भएको थापाले प्रतिक्रिया दिएकी छन्। 

फेडरेशनको भिक्टोरियाको एक शताब्दी पुगेको उपलक्ष्यमा भएको उत्सवको एक भागको रूपमा स्थापित अनर रोलमा हरेक बर्ष उत्कृष्ट काम गर्ने महिलाहरूलाई अवार्ड प्रदान गर्दे आइरहेको छ।