एसईई परीक्षा वैशाख ९ गतेदेखि

एसईई परीक्षा वैशाख ९ गतेदेखि


काठमाडौं, २६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डले भोलि परीक्षाको तालिका सार्वजनिक गर्ने भएको छ ।
परीक्षा तालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुने छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको हो । दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।