एनआरएनएको उपाध्यक्षमा डा विनोद श्रेष्ठको उम्मेदवारी घोषणा

एनआरएनएको उपाध्यक्षमा डा विनोद श्रेष्ठको उम्मेदवारी घोषणा


मेलबर्न, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा डा विनोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। 

एनआरएनएको ११ औ अधिवेशन नजिकिएसँगै विभिन्न पदका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढिरहेको छ। अष्ट्रेलियालाई कर्म थलो बनाएका श्रेष्ठ गैर आवासीय नेपाली संघका पूर्व आइसीसी सदस्य समेत हुन्। 

इन्जिनियरियर्स अस्ट्रेलियाको फेलो मेम्बर समेत रहेका श्रेष्ठले १५ वर्ष इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका थिए। उनले सन् २०११ मा चार्टर्ड इन्जिनियर र अन्तर्राष्ट्रिय प्रोफेसनल इन्जिनियरको उपाधि पाएका थिए। श्रेष्ठसँग अस्ट्रेलियाको विभिन्न ठुला सडक र रेल मार्ग निर्माणमा काम गरेको अनुभव रहेको छ। 

अस्ट्रेलियाको सिभिल इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएको र अस्ट्रेलिया र न्युजिल्यान्डका नेपाली समुदायमा डेढ दशकदेखि विभिन्न संघ संस्थाहरूमा काम गरेकाले अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेको अनुभवको आधारमा एनआरएनएको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ।  

एनआरएनएमा थुप्रिएका विसंगतिहरुलाई पाखा लगाउँदै भविष्यमा अझ प्रभावकारी र सबैको अपनत्व हुने गरी संस्थालाई अगाडी बढाउने प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान सिप विज्ञता, स्वच्छ आचरण र समन्वयकारी व्यक्तित्वले नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने उनको विश्वास छ। 

एनआरएनए अष्ट्रेलियाको सदस्य हुँदै २०१९–२१ मा आईसीसी सदस्य रही काम गरेको श्रेष्ठलाई अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा आबद्धता भएको अनुभवका रहेको छ।  उनले उपाध्यक्ष पदमा निर्वाचित भए गैर आवासीय नेपाली संघको विकास र विस्तारसँगै भविष्यमा एनआरएनलाई सबैले अपनत्व गर्ने गरी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। 

यस्ता छन् डा श्रेष्ठ प्रतिबद्धता