न्यूसाउथवेल्सका महावाणिज्यदूत खड्काले दिए राजीनामा, १० अक्टोबरबाट कार्यालय बन्द

न्यूसाउथवेल्सका महावाणिज्यदूत खड्काले दिए राजीनामा, १० अक्टोबरबाट कार्यालय बन्द


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी न्यूसाउथवेल्सका साथै तास्मानिया र नर्दन टेरेटोरीको समेत अवैतनिक महावाणिज्यदूतको जिम्मेवारीमा थिए । केही महिना अघि नै दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका खड्काले आफ्नो सामाजिक सञ्जाल मार्फत आज यसको घोषणा गरेका हुन् ।

विगत १५ वर्षभन्दा बढी देशको प्रतिनिधित्व गर्दै समूदायको सेवामा समर्पित गर्ने अवसरका लागि उनले नेपाल सरकार र दूतावासलाई धन्यवाद पनि दिएका छन् । यससँग आगामी अक्टोबर १० तारिखबाट नर्थ सिड्नीमा रहेको महावाणिज्यदूतको कार्यालय समेत बन्द गर्ने जानकारी खड्काले दिएका हुन् ।

आफ्नो कार्यकालमा साथ दिने समूदायका सबै सदस्यहरुलाई धन्यवाद दिँदै महावाणिज्यदूत खड्काले अष्ट्रेलिया र नेपाल सरकारलाई समेत सहकार्य र साथका लागि अभार व्यक्त गरेका छन् ।
आफ्नो उत्तराधिकारीका रुपमा आउने वाणिज्यदूतलाई समेत यस्तै सहयोग गर्न उनले आग्रह गर्दै समूदायको साथमा सदैव रहने प्रतिबद्धता पनि खड्काको छ । विगत १५ वर्षभन्दा बढी समयदेखि महावाणिज्यदूतको रुपमा खटिएका खड्का अत्यन्तै मिलनसार, सबै समूदायसँग भिज्न सक्ने र सहयोगी नेतृत्वका रुपमा परिचित छन् । खड्का सन् २००५ मा गैरआवासीय नेपाली संघ स्थापना हुँदा यसका संस्थापक सदस्यमध्ये एक हुन् ।

आफ्नो लामो कार्यकाललाई टुंग्याएर परिवारलाई बढी समय दिने योजनाका साथ यस्तो निर्णय लिएको संकेत गर्दै उनले अष्ट्रेलियाको नेपाली समूदायलाई आफ्नो परिवारका सदस्यहरु अझ छोराछोरीसँग बढी समय विताउन पनि आग्रह गरेका छन् ताकि पछि पछुताउन नपरोस् । गत शुक्रबार सिड्नीमा अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्सले गरेको कार्यक्रममा उहाँको अनवरत योगदानका लागि धन्यवाद दिँदै सम्मान गरिएको थियो । कार्यक्रममा एकाका अध्यक्ष रामचन्द्र पौडेलसहित पदाधिकारीहरु, एनआरएनका अध्यक्ष अनिल पोखरेल र अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले संयुक्त रुपमा खड्कालाई सम्मान गरेका थिए ।

महावाणिज्यदूत खड्काले समूदायका नाममा लेखेको पत्र यस्तो छ –