ब्रिस्वेन, अष्ट्रेलिया ।
मल्टी डायनामिक रियलस्टेटले क्वीन्सल्याण्डको ब्रिस्वेनमा आफ्नो शाखा विस्तार गरेको छ। शनिबार क्वीन्सल्याण्ड राज्यका पर्यटन मन्त्री स्टर्लिंग हिन्चलिफले एक कार्यक्रमबीच रिवन र केक काटेर ब्रिसवेनको फिट्जगिब्बनमा रियलस्टेटको कार्यालय उद्घाटन गरेका हुन।
उद्घाटन गर्दै मन्त्री हिन्चलिफले बहुसांस्कृतिक समाज भएको ठाउँमा मल्टिडाईनामिक जस्ता स्थानीयहरूले संचालन गरेका व्यवसाय खोल्नु राम्रो भएको बताएका छन्। उनले वासको व्यवस्था व्यक्तिको जीवनमा महत्त्वपूर्ण भएकाले यस्ता सेवा मूलक व्यवसाय सुरु गरेकोमा बधाई दिएका थिए। उनले आवश्यक परेको बेला आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
कार्यक्रममा बोल्दै मल्टी डायनामिक रियलस्टेटका सीईओ मेघाराज पौडेलले सानो आकारबाट सुरु गरेको व्यवसाय आज अष्ट्रेलियाका विभिन्न सहर हुँदै व्रिस्वेनमा बिस्तार गर्न पाउँदा खुसी लागेको बताए। उनले यहाँका नेपाली लगायत अन्य समुदायको साथले मल्टी डायनामिक रियलस्टेट ब्रिस्वेन टिमले राम्रो सेवा दिनेमा आफु आशावादी रहेको बताए। उनले मल्टी डायनामिकलाई सेवा गर्न अवसर दिन ब्रिस्वेनवासी नेपाली र अन्य समुदायलाई आग्रह गरेका छन्।
अष्ट्रेलियाका मुख्य सहरहरूमा लामो समय देखि सेवा दिँदै आएको रियलस्टेटले सेवाग्राहीहरुलाई घर खरिद बिक्री तथा भाडामा लिने दिने काममा सहयोग गर्ने कम्पनीका कुइन्सल्याण्ड कार्यालयका प्रिन्सिपल तथा डाईरेक्टर रमेश प्रसाद पौडेलले बताए। उनले नेपाली लगायत सबै समुदायका व्यक्तिहरूलाई सेवा पुर्याउने उद्देश्य लिएको बताए।
एनआरएनएका अन्तराष्ट्रिय परिषद् सदस्य डा. भरत राज पौडेल उद्घाटन कार्यक्रमको संचालन तथा अतिथिलाई स्वागत गरेका थिए।
कार्यक्रममा ब्रेकन रिज वार्डका काउन्सिलर स्यान्डी ल्यान्डर्स, आना इन्घम, साउथ पोर्ट एमडी किशोर तिवारी, शक्ति लामिछाने, मल्टिडायनामिक कर्पोरेट कार्यालयका निर्देशक विष्णु प्रभात लगायत कुईन्सल्या्ण्डका व्यवसायी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो।
मल्टिडायनामिकको ब्रिस्वेन टिममा प्रिन्सिपल रमेश प्रसाद पौडेल, बोर्ड सदस्यमा अशिम कोइराला, त्रिलोचन पोख्रेल, दोर्जे लामा, हरी वस्याल र भोज कुँवर रहेका छन्।
क्वीन्सल्याण्डको ब्रिसवेन, गोल्डकोस्ट, अष्ट्रेलियाको सिड्नीमा चार स्थान, मेलवर्न, क्यानवेरा एडिलेडमा मल्टी डायनामिक रियलस्टेटका शाखा कार्यालय रहेका छन्।
प्रतिक्रिया