प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, आठ जनाको मृत्यु, बेहुलासहित पाँच घाइते

प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, आठ जनाको मृत्यु, बेहुलासहित पाँच घाइते


काठमाडौं, २२ माघ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको दुर्घटनास्थलमै र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए ।
मृतक र घाइतेको सनाखत भइसकेको छैन । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको हो । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइसकेको छैन । घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।