मेलबर्न अष्ट्रेलिया ।
सिड्नीमा ‘गजल मुशायरा’ कार्यक्रमको नयॉं संस्करण हुने भएको छ। १५८ औं मोती जयन्तीको अवसर पारेर सेप्टेम्बर २३ तारिख (भोलि) शनिबार हर्स्टभिल १६ म्याकमोहन स्ट्रिट स्थित सिभिक थियटरमा उक्त कार्यक्रम हुन लागेको हो।
एनआरएनए अष्ट्रेलियाले सघाएको उक्त कार्यक्रम अपरान्ह १ः३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजक गजल मुशायरा परिवारले जनाएको छ।
इनोभेटिभ एसोसियसनले प्रायोजन गरेको कार्यक्रमको संयोजन जितेन्द्र मल्ल, केशव शर्मा र आदर्श खत्रीले गर्ने छन्। गजल मुशायरामा सिड्नी व्रिसवेन, क्यानवेरा, तास्मानिया, मेलवर्न र न्युु क्यासलबाट गजलकारहरुले आ–आफ्नो गजल वाचन गर्नेछन्।
कार्यक्रममा खुडी र पलक गजल संग्रहको समेत अष्टेलियाव्यापी लोकार्पण हुुनेछ। कर्मभुूमिमा बसेर पनि नेपाली भाषा, कला सस्कृति र साहित्यको सम्र्बद्धनमा सिड्नीमा विगतमा पनि यस्ता गजल कार्यक्रम हुुदै आएको छ। सिड्नीवासी नेपाली गजल तथा साहित्यका पारखीहरुलाई कार्यक्रममा उपस्थित भएर गजलकारहरुको हौसला बढाइदिन आयोजक गजल मुशायरा परिवारले आग्रह गरेको छ।
प्रवेश निःशुल्क रहको उक्त कार्यक्रममा गजल गायन र नृत्य समेत हुनेछ।
प्रतिक्रिया