गैह्रीगाउँ हत्या प्रकरण : चार वटै शवको सनाखत, एक जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरण : चार वटै शवको सनाखत, एक जना पक्राउ


काठमाडौँ ।

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भेटिएका चार वटै शवको सनाखत भएको छ। मृत्यु हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्।

यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्। मिलभित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो।

हत्याको आशङ्कामा प्रहरीले धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।

यो पनि…