कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ


विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराएका हुन्।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए।

एमाले नेतृत्वको सरकारलाई राप्रपाले पनि समर्थन गर्ने भएको छ।