एनआरएनएको उपाध्यक्षमा अमेरिकाबाट साहले गरे उम्मेदवारी घोषणा

एनआरएनएको उपाध्यक्षमा अमेरिकाबाट साहले गरे उम्मेदवारी घोषणा


काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा सुनिल साहले उम्मेदवारी दिने घोषणा गरेका छन्। अमेरिकामा बसोवास गर्दै आएका साहले आफ्नो जन्मदिनको अवसर पारेर आगामी कार्यकाल (२०२३–०२५) का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

साह एनसीसी अमेरिकाको पुर्व अध्यक्ष र बर्तमान आईसिसिका कोषाध्यक्ष हुन।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागी प्रयोग गर्ने बताएका छन।

उनले आफूले बटुलेको अनुभव र सिपलाई एनआरएनए अभियानमा प्रयोग गर्न केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्। गैर आवासीय नेपालीहरु र अभियन्ताहरुसँगको सल्लाह र सुझावका आधारमा आफ्नो जन्मदिनको अवसर पारेर उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले आफ्नो यस अभियानलाई साथ दिन सम्पुर्ण गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।