एसिया कप : भारतसँग नेपाल पराजित

एसिया कप : भारतसँग नेपाल पराजित


काठमाडौँ । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपाल दोस्रो खेलमा भारतसँग पराजित भएको छ। सोमबार श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो।

जितसँगै भारत एशिया कपको सुपर चारमा पुगेको छ। वर्षाले प्रभावित खेलमा भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाएर पाएको १४५ रनको लक्ष्य पुरा गरेको थियो ।

बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो। भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७४ रन बनाए भने शुभमन गीलले अविजित ६७ रन बनाए।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो।