एसिया कप : वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

एसिया कप : वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो


काठमाडौँ ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ। ३७ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर नेपालले १ सय ७८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्।

वर्षाका कारण खेल अघि बढ्न सकेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि पाकिस्तानसँग पराजित भएका कारण नेपाल अंकबिहीन छ। पाकिस्तानसँग अंक बाँडेको भारतले एक अंक जोडेको छ।

भारतविरुद्ध नेपालका लागि अहिलेसम्म आसिफ शेखले सर्वाधिक ५८ रन बनाएका छन्। ९७ बल खेलेका उनले ८ चौका प्रहार गरे। कुशल भुर्तेलले २५ बल खेल्दै ३ चौकाको मद्दतमा ३८ रन जोडे।

गुल्सन झा २३ रन बनाएर आउट भए। भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भएका छन्।