काठमाडौँ ।
एसीसी एसिया कपको दोस्रो खेलमा नेपालले भारतविरुद्ध तेस्रो विकेट गुमाएको छ। श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको हो।
नेपालका कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन्। उनलाई रविन्द्र जडेजाले आउट गरेका हुन्। यसअघि भिम सार्की ७ रन, कुशल भुर्तेल ३८ रन बनाएर आउट भए।
प्रतिक्रिया