काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दै छ। श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा यो खेल अपराहन्न ३ः १५ बजेदेखि हुदै छ।
नेपालले आइसीसीको सिनियर प्रतियोगितामा भारतविरुद्ध खेल्न लागेको यो पहिलो पटक हो। डेब्यू खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा भारतविरुद्ध अविश्वसनीय नतिजा निकाल्दै सुपर फोरमा पुग्न चाहन्छ।
एसिया कपको दाबेदार मानिएको भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
भारतको टिममा रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज र प्रसिद कृष्णा रहेका छन्।
नेपालको टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, प्रतिस जिसी, श्याम ढकाल , सन्दीप जोरा, किशोर महतो र अर्जुन साउद रहेका छन्।
प्रतिक्रिया