‘एडिलेड तिज धमाका-५’ सेप्टेम्बर १६ मा, प्रवेश निःशुल्कका साथै दर र खाना पनि ‘फ्री’

‘एडिलेड तिज धमाका-५’ सेप्टेम्बर १६ मा, प्रवेश निःशुल्कका साथै दर र खाना पनि ‘फ्री’


एडिलेड अष्ट्रेलिया ।

एडिलेडमा हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तीज धमका–५’ हुने भएको छ। ग्रिस इभेन्ट एण्ड इन्टरटनमेन्टको आयोजनामा सेप्टेम्बर १६ शनिबार वुड एवेन्यू, ब्रॉम्पटन एडिलेडमा तिज धमाका–५ हुन लागेको हो। 

ग्रेस इटरनेशनल एजुकेशन एण्ड माइग्रेशन एडिलेड, फ्रेश चुलो रेष्टुरेन्ट र कालीकोटे ज्वेलरी एडिलेड टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार शान्ति श्री परियार, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री र बिक्रम कालिकोटेको बिजोड प्रस्तुति रहने ग्रिस इभेन्ट एण्ड इन्टरटनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए। चार पटक भव्य रूपमा सम्पन्न गरेको एडिलेड तिज धमाकाको यो पाँचौँ श्रंखला भएको उनले बताए। कार्यक्रमका लागि कलाकार अष्ट्रेलिया आइसकेको गिरीले जानकारी दिए।

प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा फ्रेश चुलो रेष्टुरेन्ट र अल इन वान नेप्लिज एण्ड साउथ एसियन ग्रोसरीले फ्रिमा दर तथा खानाको व्यवस्था गरेको संचालक प्रदिप रानाभाट र चुङ गुरुङले बताए। खानामा गोठ करी, आलु काउली, राजमा, भात, टमाटरको अचार रहेको उनीहरुको भनाइ छ। प्रवेश निशुल्क, खाना र दर फ्री भएको तीज कार्यक्रम एडिलेडमा पहिलो पटक हुन लागेको हो।

साँझ ६ बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारसँगै नाच्न, गाउँन र रमाउन एडिलेडवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्।