काठमाडौँ ।
बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। उनले शनिबार राति समाजिक सञ्जालमा चोर सरकार भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन्।
महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु।’ बालेनले आफ्नो स्टाटसमा सरकारलाई चोर भन्दै लेखेका छन्– ‘याद राख चोर सरकार।’
शनिबार सार्वजनिक बिदाको दिन बलेनकी श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी राति ९ बजे कोटेश्वर ट्राफिक प्रहरीले रोकेपछि मेयर साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको बताइएको छ।
शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेको थियो। बिदाको दिन सरकारी गाडी चलाएको तीव्र गतिमा चलाएको देखेपछि ट्राफिक प्रहरीले बढीमा २–३ मिनेट रोकेर कागजात मागेको सडकमा खटिएका एक ट्राफिक प्रहरीले बताएका छन्।
प्रतिक्रिया