मेलबर्न अष्ट्रेलिया ।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारी तीज कार्यक्रमका लागि मेलबर्न आइपुगेका छन्। हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेप्को इभेन्टले भोलि (शनिबार) मेलबर्नमा आयोजना गरेको तीज फेस्टिभलमा सहभागि हुन गायक अधिकारी मेलबर्न आइपुगेका हुन्।
साइप्रस सामुदायिक हलमा साँझ ६ बजेबाट सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको नेप्को इन्टरटेनमेन्टका निर्देशक डिबी थापाले जानकारी दिए। तीज फेस्टिभल मेलबर्न २०८० नाम दिएको उक्त कार्यक्रममा खुमन अधिकारीसँगै चन्दा अर्यालले प्रस्तुति रहने उनले बताए।
टाइटल स्पोन्सर आईसिएस इन्टरनेस्नल एजुकेशन एण्ड माइग्रेसन रहेको कार्यक्रममा ट्रेडिस्नल फेसन सो, जोडीको फोटो सुट, नेपालमा उत्पादित बस्तुको बिक्री कक्ष र खानाहरुको स्टल पनि रहेको निर्देशक थापाले बताए। बुटिक पार्टनर यूडी कलेक्शन रहेको छ।
हंग्री आइ एसियन फ्युजन एण्ड बार र नेपाली ट्रेडिस्नल फेसन सो हस्पिटालिटी पाटर्नर रहेको कार्यक्रमको मिडिया पार्टनरमा केबीसी खबर रहेको छ।
प्रतिक्रिया