एडिलेड अष्ट्रेलिया ।
थ्रिकेजी पुल प्रतियोगीताको उपाधि रोहित पुनले जितेका छन्। थ्रि केजी ईभेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेन शाही उप विजेता भए भने मोहन गुरुङले तेस्रो स्थान हासिल गर्न सफल भए। फाइनल खेलमा पुनले ३–१ ले जितहासिल गरेका थिए भने तेस्रो स्थानका लागि भएको खेलमा गुरुङले २–० मा जित हासिल गरेका थिए।
विजेता पुनले एक हजार अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाण पत्र, उप विजेता शाहीलाई चार सय अष्ट्रेलियन डलर, कप, मेडल रप्रमाण पत्र, तेस्रा हुने गुरुङलाई दुई सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो।
बिजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका नव निर्वाचित उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, साउथ अष्ट्रेलियाका युवा संयोजक सरोज बम र आयोजक थ्रिकेजी इभेन्टका निर्देशक खुम घलेले पुरस्कार वितरण गरेका थिए।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष पुरीले यस्ता प्रतियोगिताहरुले यहा रहेका नेपाली मुलका खेलाडीहरुलाई हौसला प्रदान गर्ने र स्थानिय स्तरमा हुने अन्य खुल्ला प्रतियोगिताहरुमा समेत सहभागी भएर जित हासिल गर्न सहयोग पुग्ने बताए।
आयोजक थ्रि केजी ईभेन्टका निर्देशक घलले नेपालमा युवा माझ लोकप्रिय रहेको पुलको प्रतियोगिता मार्फत साउथ अष्ट्रेलियामा रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता गर्दै आएको बताए।
प्रतिक्रिया