पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल पुगे सिआइबीमा

पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल पुगे सिआइबीमा


काठमाडौँ । सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल आफैँ सिआइबी गएका छन्। उनले सुन तस्करीमा आफूमाथि अनुसन्धान गर्न सिआइबी गएका हुन्।

उनी गएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ। सुन तस्करीको आफ्नो नाम जोडिए पनि प्रहरीले छानबिन तथा अनुसन्धानमा उनलाई नबोलाएपछि राहुल आफैँ सिआइबी गएका थिए।

उनले सामाजिक सञ्जालमा ठूला भनिएका मिडियाले गोयवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिश गरेको भन्दै स्टाटस लेखेका छन्। उनले लेखेका छन् ‘स्वयम् सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु।