काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसियाकप खेल्न आज पाकिस्तान जान लागेका छन्। सन्दीप लामिछाने विहान ११ बजेर २० मिनेटमा कतार एअरवेजको जहाजबाट दोहा हुँदै पाकिस्तान जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आइतबार हेर्न नभ्याइनेमा परेपछि उनि पाकिस्तान जाने बाटो खुलेको हो।
अर्को पेशी भदौ २१ गतेलाई तोकेपछि उनको एशिया कप यात्रा निश्चित बनेको हो। नेपाली टोली यही भदौको ५ गते नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए।
एसियाकपमा नेपालले पहिलो खेल भदौको १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। यस्तै १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ।
प्रतिक्रिया