सन्दीपविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीपविरूद्वको मुद्दा हेर्न नभ्याइनेमा


काठमाडौँ ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आइतबार हुन सकेन। लेग स्पिनर लामिछानेविरुद्धकाे मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइ तय भएपनि लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

न्यायाधीश पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको पेसी चढाइएको थियो। सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।