अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना

अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना


मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा सैन्य अभ्यासका क्रममा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। स्काई न्यूज अष्ट्रेलियाको रिपोर्ट अनुसार, एक अमेरिकी हेलिकप्टर डार्विनको तटमा सैन्य अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको हो।

यसमा २० अमेरिकी मरीन सैनिक सवार थिए। रिपोर्टका अनुसार यस दुर्घटनामा तीन सैनिक घाइते भएका छन्, जसमध्ये एक जनाको मात्रै अवस्था गम्भीर छ।

स्काई न्यूजका अनुसार स्थानीय समय अनुसार बिहान करिब ११ बजे ओस्प्रे हेलिकप्टर मेलभिल टापु नजिकै दुर्घटनाग्रस्त भएको थियो।

यो हेलिकप्टर सैन्य अभ्यास ‘प्रिडेटर रन ड्रिल’ मा सहभागी भएको थियो । यसमा अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स र टिमोर–लेस्टेका सेना सहभागी छन् । रिपोर्टका अनुसार यो दुर्घटनापछि सैन्य अभ्यास रोकिएको छ।

यस सैन्य अभ्यासमा करिब २५ सय सैनिकले भाग लिइरहेका छन्। यसमा ५०० अमेरिकी, १२० फिलिपिनो सैनिक, १२० इन्डोनेसियाली र ५० टिमोर(लेस्टेका छन् भने बाँकी सैनिक अस्ट्रेलियाका रहेका छन्।