कामठाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो।
वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। राई लामो समयदेखि प्यारालाइसिसका कारण बिरामी थिए। मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिलो निधन भइसकेको छ।
बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन्।
मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो!’, उनले लेखेका छन्, ‘उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिचि छोडेको तस्विर आँखामा।’

प्रतिक्रिया