प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौँ ।

आज मंगलबारलाई तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सचिवालयले जनाएको छ।

गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण अवरोध हुँदै आएको संसद् सोमबार शीर्ष नेताहरूबीच सहमति जुटेपछि आज सुचारु हुने भएको थियो। तर, दलहरूबीच छलफल जारी रहेकाले संसद् बैठक भोलिसम्मका लागि सरेको हो।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको थियो। यस प्रकरणमा सत्तासीन दलहरू उच्च स्तरीय छानबिन समिति बनाउन तयार भएपछि एमाले संसद् चल्न दिन सहमत भएको थियो।