महिला खेलाडीको ओठमा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षले मागे माफी

महिला खेलाडीको ओठमा चुम्बन गरेका स्पेनिस फुटबलका अध्यक्षले मागे माफी


काठमाडौँ ।

स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुविअलेसले माफी मागेका छन्। न्यूजिल्यान्ड र अस्ट्रेलियामा सम्पन्न भएको फिफा महिला विश्वकप फुटबलको उपाधि जित्दा महिला खेलाडी लुइसले जेनी हर्मोसोको ओठमा चुम्बन गरेका उनले माफी मागेका हुन्।

अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले पराजित गरेपछि उत्सव मनाउने क्रममा लुइसले जेनीलाई चुम्बन गरेका थिए। त्यसपछि लुइसको चौतर्फी आलोचना भएको थियो। स्पेनिस सरकारका मन्त्रीहरुले पनि उनको आलोचना गरेका थिए।

सुरुवातमा जेनीले पनि उक्त कार्य आफूलाई मन नपरेको सामाजिक सञ्जालमा लेखेपनि पछि लुइसको वचाउ गरेको बीबीसीले उल्लेख गरेको छ। यता लुइसले आफुले गलत कार्य गरेको स्विकार गर्दै माफी मागेका छन्।

तर स्पेनकी समावेशी मन्त्री इरेने मोन्टेरोले भने लुइसको कार्य महिलामाथि दिनहु हुने यौन दुर्व्यवहारको स्वरुप रहेको प्रतिक्रिया दिएकी छन्। स्पेनका खेलकुद मन्त्री मिक्वेल इसेटाले पनि लुइसको व्यवहार अस्विकार्य रहेको बताए।