मेलबर्न अष्ट्रेलिया ।
नेप्लिज एसोसियसन अफ भिक्टोरिया (न्याभ)ले नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज कार्यक्रम गर्ने भएको छ। मिराज कन्सल्टिङ्गको मुख्य प्रायोजन तथा चान्डलर आरटीओको सह प्रायोजन रहेको उक्त तीज समारोह आगामी सेप्टेम्बर ३ गते आइतवार साँझ ६ देखि १० बजेसम्म इस्नोनिया हाउस वेस्ट बन्सविकमा हुन लागेको तीज कार्यक्रम संयोजक तथा न्याभ उपाध्यक्ष ललिशा थापाले जानकारी दिइन्
उक्त कार्यक्रममा न्याभ वीमेन अफ द डे, बेस्ट मेकप, बेस्ट ड्रेस, बाल नृत्य, सांस्कृतिक प्रस्तुती, अतिथि कलाकार र डिजेको प्रस्तुती रहने थापाले जानकारी दिइन्।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिक सिन्धु मल्लको बेजोड सांस्कृतिक प्रस्तुती रहने उनको भनाइ छ। उनले सोही अवसरमा भिक्टोरियामा उद्यम गरिरहेका नेपाली महिलाहरुलाई सम्मान गरिने बताएकी छन्। उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्ने र उनीहरुको योगदानलाई सम्मान गर्ने उद्धेश्यले सम्मान कार्यक्रम राखिएको उनले बताइन्।
उक्त कार्यक्रममा प्रमिला श्रेष्ठ, रञ्जु क्षेष्ठ, अर्चना श्रेष्ठ, अर्चना डाँगी क्षेत्री, सोनी बैदार राजभण्डारी, रुवी श्रेष्ठ, रेनुका पाठक, कुसुम मगर, पिंकी थापा, प्रेना मल्ल, रमिला महर्जन, रबिता रबिला र हिरा लामालाई सम्मान गरिने उपाध्यक्ष थापाले जानकारी दिइन्।
संस्थाका उपाध्यक्ष ललिशा थापाले सम्पूर्ण कार्यक्रम र आन्तरिक व्यवस्थापनको जिम्मा लिएकी छन्, खेल संयोजक दीप चन्दले प्रायोजक, अध्यक्ष प्रेमराज उप्रेती, कोषाध्यक्ष यकेन्द्र तिम्सिना, सचिव माधव खरेलले अतिथि सत्कार, आन्तरिक व्यवस्थापन र बजेट व्यवस्थापनको जिम्मा लिएका छन्।
न्याभ महिला मञ्चले सांस्कृतिक गतिविधि, प्रदर्शन र स्वैच्छिक गतिविधिहरूको लागि सक्रिय रूपमा काम गरिरहेको उपाध्यक्ष ललिशा थापाले जानकारी दिइन्।
उक्त अवसरमा सहभागि हुने चाहने महिला उद्यमीहरूको लागि चासोको अभिव्यक्ति अर्थात एक्सप्रेसन अफ इन्टरेष्ट खुलाइएको छ। यस कार्यक्रममा सहभागि हुन चाहने महिला उद्यमीले यहाँ क्लिक गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सक्ने भएका छन्। उक्त कार्यक्रम सम्पन्न गर्नको निम्ती यहाँस्थित विभिन्न नेपाली संघसंस्थाहरुसँग समन्वय भइरहेको न्याभले जनाएको छ।
प्रतिक्रिया