ब्रिस्वेन अष्ट्रेलिया । क्वीन्सल्याण्डमा महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा नाइस तीज मेला २०८० को आयोजना गरिने भएको छ। विशाल इन्टरटेनमेन्टको आयोजनामा उक्त कार्यक्रम सेप्टेम्बर ८ तारिख स्ट्र्याथपाइन कम्युनिटी सेन्टर ब्रिस्वेनमा हुन लागेको हो।
नाइस होम रियल स्टेट एण्ड नाइस होम लोन एसोसियट र अल्र्ड कर्पोरेट टाइटल स्पोन्सर रहेको तीज मेला २०८० मा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, अमृत सापकोटा गायीका समिक्षा अधिकारी र डान्सर फुलु पुनको प्रस्तुति रहने विशाल इन्टरटेनमेन्टका निर्देशक गोविन्द भट्टराईले केबीसीलाई जानकारी दिए।
डिजे गोरखको साउन्ड सिस्टम रहेको कार्यक्रमको टिकटको मूल्य २० अष्ट्रेलियन डलर तोकिएको उनले बताए। टिकट गोबिन्द भट्टराई, अमृत खत्री, रमेश रोका, सागर गिरी, प्रकाश सापकोटा र सुमी लुईटेललाई सम्पर्क गरेर तथा अनलाइनबाट पनि खरिद गर्न सकिने उनको भनाइ छ। कार्यक्रम स्थलमा खानाका स्टल पनि रहेको उनले बताए।
तीज मेलाबाट संकलित रकमको ७५ प्रतिशत क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रका लागि सहयोग गरिने लोक दोहोरी प्रतिष्ठान अष्ट्रेलियाका अध्यक्ष समेत रहेका भट्टराईले बताए। लामो समयदेखि चलेको नेपाली सांस्कृतिक केन्द्र बनाउने अभियानले चाँडै पूर्णता पाओस् भन्ने उद्देश्यले उक्त रकम दिन लागेको उनले बताए।
उनले ७५ प्रतिशत रकम क्वीएनसीसीलाई हस्तान्तरण गर्ने भएकाले क्वीन्सल्याण्डमा रहेका नेपालीवासीलाई टिकट खरिद गरी कार्यक्रमलाई भव्य र सभ्य बनाउन आग्रह गरेका छन्। अनलाइनबाट टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोला।
प्रतिक्रिया