काठमाडौँ ।
समाजवादी मोर्चाले सात वटै प्रदेशमा सभा गर्ने भएको छ। आज बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मोर्चाले भदौ ८ गते वीरगञ्ज, भदौ १२ गते बुटवल, भदौ १३ गते धनगढीमा, भदौ १४ गते सुर्खेत, भदौ १५ गते पोखरा, भदौ २३ गते हेटौंडा र भदौ २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए। उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए।
प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि उनको भनाइ छ।
प्रतिक्रिया